ओमानका विदेशमन्त्रीले प्रधानमन्त्रीसँग गरे शिष्टाचार भेट


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ११ २०८१
1.5K
SHARES

११ भदौ काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेवटार्ता भएको हो ।  भेटवार्तामा नेपाल–ओमान सम्बन्ध, आपसी हित लगायतका विषयमा छलफल भएको थियो । ओमानका विदेशमन्त्री बुसाइदी सोमबार नेपाल आएका हुन् । उनी मंगलबार साँझ फर्कने कार्यक्रम छ ।