पराजित भएपछि जीवन श्रेष्ठले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १२ २०८१
40.6K
SHARES

१२ भदौ काठमाडौं । उपमहासचिव पदमा पराजित भएपछि जीवनराम श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन् । मंगलबार भएको निर्वाचनमा उनी उपमहासचिव पदमा पराजित भएका थिए । उनले ०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा भएको महाधिवेशनपछि चुनिएको ९३ सदस्यीय केन्द्रीय कमिटीले उनलाई नै कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो ।

उनले उपमहासचिव पदमा पराजित भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।“निर्वाचनमा पराजित भएपछि उक्त जिम्मेवारी लिन नैतिकरूपमा बस्न उपयुक्त नहुने भएकाले मैले अध्यक्षलाई राजीनामा बुझाएको छ,” उनले भने ।