महिला प्रधानमन्त्रीबारे मन्त्री आरजुले दिईनन् यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १३ २०८१
4.5K
SHARES

१३ भदौ कैलाली । कांग्रेस नेता तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली केही समय पहिले महिला प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति एमालेकै लागि भनेको बताएकी छन् ।

प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति आफू केन्द्रित नभएको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यूथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए ।