प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्छ – नेता मोदी


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १९ २०८१
4.1K
SHARES

१९ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताए ।

उनले भने, ‘जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यी सबैको जनक भनिनु पर्छ । शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ । नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’