युरोपेली उपग्रह बोक्ने रकेट भारतद्वारा सफलतापूर्वक प्रक्षेपण


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१
2.5K
SHARES

२१ मंसिर काठमाडौं । भारतको अन्तरिक्ष एजेन्सी, भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले बिहीबार युरोपेली अन्तरीक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोक्ने पीएसएलभी—सि ५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो । पीएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रह प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका छन् ।