लक्ष्मी सनराइज बैंकको साधारणसभा पुस २४ गते


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २ २०८१
2K
SHARES

२ पुस काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौँ वार्षिक साधारणसभा पुस २४ गते गर्ने भएको छ । सो साभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा गर्ने जनाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।