नबिल बैंकले सुरु गर्यो टोल–फ्री सेवा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ५ २०८१
1.8K
SHARES

५ पुस काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।

अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल फ्री नम्बर १६६०० -१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२ १६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।