डिपसिकको प्रयोगमा अमेरिकी संसद्ले लगायो प्रतिबन्ध


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१
4.1K
SHARES

१८ माघ काठमाडौं । अमेरिकी संसद्ले आफ्ना कर्मचारीहरूलाई चिनियाँ आर्टिफियिसल इन्टेलिजेन्स (एआई) ‘डिपसिक’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।अमेरिकी एआई समान शक्तिशाली भएर विश्वभर चर्चा पाएको डिपसिकको सुरक्षा जोखिम न्यूनीकरण गर्ने भन्दै अमेरिकी संसद्ले प्रतिबन्ध लगाएको हो ।

अमेरिकी सदनका मुख्य प्रशासनिक अकिारीले हाल डिपसिकमाथि सीएओले समीक्षा गरिरहेको भन्दै प्रयोगका लागि अनुमति नरहेको बताएका छन् ।यससँगै संसद्का कर्मचारीले कुनै पनि आधिकारिक फोन, कम्प्युटर तथा ट्याब्लेटमा डिपसिक इन्स्टल गर्न पाउने छैनन् ।