गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु
१० चैत गोरखा । गोरखाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि बिकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका बिकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् ।घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नांगो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।