राजावादीको प्रदर्शन तितरबितर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
2.5K
SHARES

१५ चैत काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको हो । अहिले राजावादीको प्रदर्शनसभा तीनकुने मैदानमा पनि मान्छेहरू छैनन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टेजमै अश्रुग्यास प्रहार गरेको थियो ।

त्यसअघि, राजावादीहरूले निजी घरमा समेत ढुंगामुढा प्रहार गरेका थिए । उनीहरूले एक घरमा आगजनीसमेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।