कुलमान र हितेन्द्रको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १५ २०८१
1.4K
SHARES
१५ चैत काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका र नियुक्त गरिएका दुवै कार्यकारी निर्देशकको रिटमा थप छलफलपछि मात्र अन्तरिम आदेशबारे निर्णय गर्ने भएको छ । बिहीबार दर्ता भएका दुवै रिट शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेका थिए ।
शुक्रबार इजलासले दुवै पक्षलाई बोलाएर अन्तरिम आदेशबारे निर्णय गर्नुपर्ने निष्कर्ष निकालेर पेसीको मिति तोकिदिएको हो । सर्वोच्चले दुवै रिटमा आइतबार (चैत १७) गतेको पेसी तोकिदिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट