राजावादी मण्डलेहरुको चरित्र काठमाडौंमा देखियो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
2.2K
SHARES

१५ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी प्रदर्शनका क्रममा देखिएको गतिविधिलाई मण्डले अराजकता भनेका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकास्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन् ।’

राजावादीहरुले अझ परिस्थिति उत्तेजित पार्न चाहिरहेको पनि बताए । ‘एक दुई जना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीहरुको चरित्र हो’, प्रचण्डले भने ।तर आफ्नो सभा शान्तिपूर्ण रहेको उनले बताए ।