मधेसवादी सात दलले घोषणा गरे संघीय लोकतान्त्रिक मोर्चा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २१ २०८१
3.8K
SHARES

२१ चैत काठमाडौं । मधेसवादी सात दलले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रममार्फत मोर्चा घोषणा गरिएको हो ।

मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी छन् ।