राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१
1.8K
SHARES

२४ चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् ।

चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ ।

सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका थिए ।