मन्डलेको छाउरोलाई मानसिक अस्पतालमा भर्ना गरिदिनु पर्छ – नेता कार्की
२६ चैत काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि पवन कार्कीले आफ्नो सामाजिक संजाल फेसबुकमा राप्रपाको सासंद ज्ञानेन्द्र शाहलाई लक्ष्यित गर्दै जहा भेट्यो त्यहाँ नै कालो मोसो दल्ने बताएका छन्। उक्त सासंदले आज आमसभामा माओवादीका कार्यकर्ताले जडिबुटीमा आगजनी गरेको आरोप लगाएका थिए।
त्यसैैको प्रतिउत्तरमा नेता कार्कीले यस्तो जवाफ दिएका छन्:-राजावादी मन्डलेहरुले जडिबुटी कम्पनिमा आगलागी गरि सार्वजनिक सम्पति ध्वस्त पारेको आम जनता सामु छ्र्लङै छ ।प्रहरिले सम्लग्न हरुलाई समात्दै छ । कतै समातिने हरुले आगो लगाउन उर्दि जारि गर्ने ग्यानेन्द्र हरुको नाम लिन्छन भन्ने डरले आफुले गरेको अपराध लुकाउन माओवादी लाई आरोप लगाउने मन्डले को छाउरो लाई जहाँ भेट्यो त्यहि कालोमोसो दलेर मानसिक अस्पतालमा भर्ना गरिदिनु पर्ने भो भेटेमा खबर गर्नुहोला ।………………..
