बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
1.9K
SHARES

२९ चैत काठमाडौं । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै ७ करोड ६६ लाख बराबरको गैरबैंकिङ सम्पत्ति थपिएको छ। योसहित वाणिज्य बैंकहरुमा कुल ३६ अर्ब बराबरको गैरबैंकिङ सम्पत्ति पुगेको छ।

२०७८ सालमा ८ अर्ब रुपैयाँबराबरको मात्रै गैरबैंकिङ सम्पत्ति बोकेका वाणिज्य बैंकहरुले तीन वर्षको अन्तरालमा चार गुणा बढी सम्पत्ति व्यवस्थापन गर्नुपर्ने भएको हो। गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा बैंकहरु कमजोर भइरहँदा फागुन महिनामा भने विकास बैंकहरुले यस्तो सम्पत्ति घटाएका छन्। विकास बैंकहरुले फागुनमा मात्रै गैरबैंकिङ सम्पत्ति २.११ प्रतिशतले घटाएका छन्।विकास बैंकहरुले माघमा ३ अर्ब ५७ करोड ९९ लाखबराबरको गैरबैंकिङ सम्पत्ति फागुनमा ८ करोडले घटाएर ३ अर्ब ५० करोड रुपैयाँमा झारेका छन्।