राज्यमन्त्री तामाङले सचिव आचार्यलाई सोधे २४ घण्टे स्पष्टीकरण


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
2.2K
SHARES

२९ चैत काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् । आचार्यले पदीय आचरण विपरीत काम गरेको भन्दै राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

जलस्रोत तथा सिंचाइ विभाग जावलाखेल ललितपुरले चैत २५ गते आयोजना गरेको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रूपमा सहभागी थिए । उक्त कार्यक्रममा मञ्चमा आसनग्रहणका लागि बोलाउँदा आचार्य बेवास्था गर्दै बाहिरिएको आरोप लगाइएको छ ।

कार्यक्रम बहिष्कार गरेर अनुशासन विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएको मन्त्री तामाङले बताएका छन् । सचिव आचार्यलाई निजामती सेवा २०५९, को दफा ५९ बमोजिम कारबाही किन गर्ने भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको छ ।