ज्ञानेन्द्र शाहलाई संसद्‌मा बोलाउने प्रस्ताव


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
2.4K
SHARES

२९ चैत काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्‌मा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन् ।कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए ।‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले अघि थपे, ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् ।गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ ।निजि सम्पतिमा क्षति पुगेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी भएको छ ।