एमालेले सार्वजनिक गर्‍यो जनजागरण सभाको हिसाब


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
1.3K
SHARES

३१ चैत विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशले झापाको दमकमा शनिबार आयोजित प्रदेशस्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । ‘गणतन्त्र र संघीयता विरोधी हर्कतका विरोधमा’ आयोजित सभामा १२ लाख ६५ हजार रुपैयाँ खर्च भएको एमालेले जनाएको छ ।प्रेस चौतारी झापाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले यसपटक कोसीमा नयाँ अभ्यास भएको बताए । “यसपटक कोसीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइनेछ,” राईले भने ।

उनले वडावडाबाट आफैँले खर्च गरेर सहभागीहरू कार्यक्रमस्थल आएको जिकिर गरे । सरकारसँग एक रुपैयाँ पनि नलिई शुभचिन्तकको सहयोगमा सभा गरिएको उनको भनाइ छ ।एमाले कोसीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गरेका थिए ।