सुदूरपश्चिमको भाषा हरायो – सभापति देउवा
१ वैशाख काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
देउडा समाज केन्द्रीय कार्यालयले प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरेको देउवाखेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताएका हुन् । उनले भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत बताए ।
जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ,’ डडेल्धुरा गृहजिल्ला भएका पूर्वप्रधानमन्त्री देउवाले भने, ‘हामीले आफ्नै भाषा बोल्न छाडेका छौं । हामी सबै नेपाली बोल्न थालेका छौं । अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होेइन, अंग्रेजीमा बोल्ने गरेका छन् ।’