अभियानले माओवादीप्रति जनताको भरोसा बढायो – प्रचण्ड
१ वैशाख काठमाडौं । नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भरोसा माओवादीप्रति बढेको बताएका छन् ।
चितवन पुगेर स्थगित भएको जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान गैंडाकोटबाट पुनः अघि बढाउँदै प्रचण्डले अभियानको क्रममा जनतामा माओवादीप्रति विश्वास बढेको आफूले पाएको बताएका हुन् ।
झापादेखि यहाँसम्म्म आउँदा माओवादी केन्द्र नै राष्ट्रप्रति गम्भीर, जनताप्रति इमान्दार, परिवर्तनप्रति संवेदनशील र जनताको सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको निम्ति समर्पित पार्टी हो भन्ने कुरा जनताले नजिकबाट बुझेको महसुस भएको छ । यो नै हाम्रा लागि ठूलो शक्ति भएको छ,’ उनले भने, ‘परिवर्तनको बाहक पनि माओवादी नै हो, सुशासन, सामाजिक विभेदका विरुद्ध न्याय दिने पनि माओवादी नै हो र आर्थिक संकटबाट देशलाई मुक्ति दिने शक्ति पनि माओवादी नै हो भन्ने जनताले बुझेको हामीले पाएका छौं ।’