कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख २ २०८२
3.1K
SHARES
२ वैशाख काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकार फेरबदलको चर्चा चलिरहेका बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक वैशाख १७ गते (बुधबार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
“बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” पौडेलले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट