उच्चस्तरीय संयन्त्रको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२
2.3K
SHARES

३ वैशाख काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ ।

सरकारको भविष्यबारे अनेक शंका-उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो ।

बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।