सुनको भाउले बनायो ऐतिहासिक रेकर्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
2.4K
SHARES

४ वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन तोलामा १ लाख ८७ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत चैत ३१ गते चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।