गभर्नर दुई-तीन दिनमा नियुक्त हुन्छ – सभापति देउवा
४ वैशाख काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पार्टीका नेताहरूलाई ब्रिफिङ गरेका छन्। आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा दुई/तीन दिनभित्रै गभर्नर नियुक्त हुने जानकारी दिएका हुन्।
सत्ता साझेदार दल कांग्रेस-नेकपा एमालेबीच भागबन्डामा कुरा नमिलेर गभर्नर नियुक्ति हुन नसकेको बेला देउवाले पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेका हुन्। यद्यपी बुधबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भने कांग्रेसनिकट गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ।
बिहीबार आफ्नै निवासमा नेताहरूलाई बोलाएर देउवाले गभर्नर बन्ने व्यक्तिको नाम उल्लेख नगरी भने, ‘गभर्नर राम्रो मान्छे बनाउने हो। दुई/तीन दिनमै हुन्छ। राम्रो मान्छे आउनुहुन्छ।’