दुई चार जनाले नारा लगाएछन्, मलाई दुःख लागेको छैन – सचिव भट्टराई
७ वैशाख काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्ना विरुद्धमा दुई चार जनाले नारा लगाए पनि आफूलाई कुनै दुःख नलागेको बताएका छन्।भट्टराई हिजो कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किने क्रममा गृहजिल्ला ताप्लेजुङमा उनीविरुद्ध नाराबाजी भएको थियो।
त्यसबारे उनले भनेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा २/४ जनाले मेरा विरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ ।’
उनीमाथि नो केबलकार समूहले नाराबाजी गरेका थिए। उनले थपेका छन्, ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौ । प्रायोकहरूको हतियार नबनौँ । सामाजिक एकता र सद्भाव नबिगारौँ ।