दब्नेवाला छैनौं – सांसद सिंह
७ वैशाख काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको आरोप लगाएका छन् ।आइतबार प्रदर्शनका क्रममा उनले बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
‘हामी निषेधित क्षेत्रमा पनि पुगेका छैनौं । त्यही धरपकड गर्न खोजेको हो,’ उनले भने, ‘जनताको आवाज राप्रपाले उठाउन खोज्ला हदसम्म तानि तानि उनीहरूले दबाउन खोजेका छन् ।’ उनले जनताको आवाज आफ्नो पार्टीले बोलिरहने पनि बताए । ‘हामीले जति धरकपड गरे पनि दब्नेवाला छैनौं,’ उनले भने ।
सिंहदबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । यद्यपि उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका छन् ।