शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ५१ करोडभन्दा बढी


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
6.7K
SHARES

७ वैशाख काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा बैंकले ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको चैतसम्म यस बैंकले ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६३ करोडबाट बढेर १ अर्ब ९३ करोड पुगेको छ । ४ अर्ब ८७ करोड ५७ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको १ अर्ब ९४ करोड रुपैयाँ जगेडा कोषमा जम्मा छ । समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ३७ करोड १८ लाखबाट बढेर ६७ करोड ६९ लाख पुगेको छ ।

बैंकको प्रति शेयर आम्दानी १४.०६ रुपैयाँ छ । त्यस्तै प्रति शेयर नेटवर्थ १४७.७८ रुपैयाँ छ । यस अवधिमा बैंकको लाभांश वितरण क्षमता ३८ करोड ७१ लाख रुपैयाँ छ । उक्त रकमबाट यस बैंकले १०.५९ प्रतिशत लाभांश वितरण गर्न सक्दछ ।