सवा १९ करोड बढीको आइपीओ ल्याउँदै सोलार फार्म
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २२ २०८२
1.7K
SHARES
२२ वैशाख काठमाडौं । सोलार फार्मले सवा १९ करोड रुपैयाँ बढीको आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै अनुमति मागेको हो।
सेबोनले अनुमति दिएमा सोलार फार्मले १९ करोड २८ लाख ५७ हजार २०० रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख २८ हजार ५७२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट