कर्मचारी सञ्चय कोषले दिएको तीन अर्ब ९९ करोड परियोजना कर्जा उठेन


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०८२
1.6K
SHARES

३१ वैशाख काठमाडौं । कर्मचारी सञ्चय कोषले दिएको परियोजना कर्जाअन्तर्गतको तीन अर्ब ९९ करोड १७ लाख रुपैयाँ खराब कर्जाको रूपमा ब्याज समेत हिसाब गरी उठान गर्नुपर्ने भएको छ । कर्जा लगानी तथा असुली कार्यविधि तथा सम्झौताअनुसार सावाँ र ब्याज असुल नभएकोले थप छानबिन गरी सो ऋणको सावाँ र ब्याज असुल गर्न महालेखापरीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ ।

कर्मचारी सञ्चय कोष परियोजना कर्जा प्रवाह कोषको कर्जा, लगानी तथा असुली नीति, २०७७ को बुँदा नं. ८.२.३ (ख) बमोजिम कर्जामध्ये खराब कर्जाको रूपमा ब्याज समेत हिसाब गरेर असुल गर्नुपर्ने छ ।६ कम्पनी, चार उद्योग तथा एक होटेल समेत गरी ११ व्यापारिक फर्मसँग तीन अर्ब ९९ करोड १७ लाख उठ्न बाँकी रहेको महालेखाले औंल्याएको छ ।