सामान्य बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०८२
1.4K
SHARES

१६ जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १९ सय ८० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको१९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।