नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण पण्डित नियुक्त
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ २१ २०८२
1.4K
SHARES
२१ जेठ काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । गभर्नर डा. विश्व पौडेलले पण्डितलाई जेठ २१ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।
उनी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक हुन् । २०६२ सालमा नेपाल राष्ट्र बैङ्कमा सेवा प्रवेश गरेका पण्डित यसअघि नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा कार्यरत थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट