जसपा कर्णाली अध्यक्ष न्यौपाने माओवादी केन्द्रमा प्रवेश


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
3.4K
SHARES

२७ जेठ काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित नेता–कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले साथै माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको दाबी गरे । उनले पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने पनि बताए ।

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए ।सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने उनले विश्वास व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।