विदेशी लगानी बढ्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
1K
SHARES

२७ जेठ काठमाडौं । नेपालमा वैदेशिक लगानीको अवस्था कमजोर छ । प्रतिबद्धता जनाएको भन्दा कम मात्र विदेशी लगानी भित्रने गरेको छ ।चालु आर्थिक वर्षको १० महिनाको अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढेको छ । समीक्षा अवधिमा १० अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब पाँच करोड मात्र भित्रिएको थियो ।आउँदो आर्थिक वर्षदेखि सरकारले नेपालीलाई पनि विदेशमा लगानी गर्न खुला गर्दै छ ।