आगामी निर्वाचन उथलपुथल हुनेछ – डा. बाबुराम भट्टराई


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०८२
5.4K
SHARES

२९ जेठ काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचन उथलपुथल हुने दाबी गरेका छन् । बिहीबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा भट्टराईले कांग्रेस, एमाले र माओवादीबिच भएको खुट्टा तानातानका कारण झन् नाङ्गिएर जाने दाबी गरेका हुन् ।

‘आगामी वर्ष उथलपुथलको वर्ष हुने नै छन् । पुराना दलहरू आ–आफ्ना खुट्टा तानातान गरेका छन् । पोल खोलाखोल गरिराखेका छन् । आगामी दिनमा त्यो झन् बढ्दै जानेछ । मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढी नाङ्गिने छ । त्यसअर्थमा यो वृहत् नयाँ वैकल्पिक शक्तिहरू ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ भन्ने मेरो विश्वास छ’, उनले भने ।