मिश्रलाई कामु गभर्नरको जिम्मेवारी
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ११ २०८२
1.3K
SHARES
११ असार काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिएका छन् ।मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेका गभर्नर पौडेलले स्वदेश फिर्ता नहुन्जेलसम्म मिश्रलाई कामुको जिम्मेवारी दिएका हुन् ।
सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना हाल बंगलादेश भ्रमणमा छिन् । ढुंगाना आगामी आइतबार स्वदेश फर्कने बताइएको छ । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कनेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट