मुकुलको रिटमा सर्वोच्चले रास्वपालाई बोलायो छलफलमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १२ २०८२
1.1K
SHARES

१२ असार काठमाडौं ।  आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा फर्काउन माग गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट निवेदन सुनुवाइ गर्दै सर्वोच्च अदालतले रास्वपासहितका विपक्षीहरुलाई छलफलमा बोलाएको छ।

बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको बहसपछि १७ गते छलफलका लागि बोलाउने आदेश भएको हाे।रास्वपाले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएपछि उनले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

ढकालले विपक्षी बनाएकाहरुको १७ गते जवाफ सुनेपछि सर्वोच्चले रिटमा  माग भए बमोजिम उनलाई महामन्त्रीकाे हैसियतमा काम गर्न  अन्तरिम आदेश दिने, नदिनेबारे  निर्णय गर्नेछ।

ढकालले भने रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न/गराउन पाउनुपर्ने दाबी गरी परमादेश, उत्प्रेषणसहितको आदेश अदालतबाट माग गरेका छन्।