महाधिवेशन निर्धारित समयमै हुन्छ – सभापति देउवा
१३ असार काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुने बताएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन् । सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको आरोप लगाए ।
उनले कांग्रेस र एमाले फरक–फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको धारणा राखे । सभापति देउवाले कांग्रेसको आग्रहपछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रहसमेत गरे ।