स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १५ २०८२
1.5K
SHARES

१५ असार काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल शनिबार वीर भर्ना भएका हुन् । ‘उहाँलाई उच्च ज्वरो छ । थाइल्याण्डबाट फर्किएपछि अस्वस्थ्य हुनुभयो,’ अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो, ‘थाइल्याण्ड जानुभन्दा अगाडि नै ज्वरो थियो, त्यही ज्वरो निको नभएको जस्तो देखिन्छ ।’

मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार अस्पतालका विभिन्न विभागीय प्रमुख समेत उपचार प्रक्रियामा सहभागी छन् ।मन्त्री पौडेलको स्वास्थ्य परीक्षण जारी रहेको छ । वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उनको उपचार भइरहेको हो ।