प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १७ २०८२
1.1K
SHARES

१७ असार सेभिया (स्पेन) । ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा महासचिव गुटेरेसले नेपालले हालै सगरमाथा संवाद कार्यक्रमको सफल आयोजना गरेकामा बधाई दिँदै ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनको सकारात्मक परिणाम सृजनामा नेपालले सक्रिय भूमिका खेलेकामा प्रशंसा गरे ।उनले विश्वमा शान्ति स्थापनार्थ नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा दिएको योगदानको उच्च मूल्यांकनका साथै नेपालले संक्रमणकालीन न्यायलाई अन्तिम टुंगो लगाउन लागेकामा खुसी व्यक्त गरेका थिए ।

महासचिव गुटेरेसले नेपालको विकासमा राष्ट्रसंघको निरन्तर साथ र सहयोग रहने पनि विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले आजै सम्मेलनलाई सम्बोधन गरेका छन् ।