जबजको विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छ: विद्या भण्डारी


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २८ २०८२
1.3K
SHARES

२८ असार काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताइन् ।