पूर्वराष्ट्रपति भण्डारीको सक्रियता महिलाका लागि उत्साह – नेतृ कोइराला


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.3K
SHARES

१ साउन काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनप्रति सकारात्मक टिप्पणी गरेकी छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले सक्रिय राजनीतिमा भण्डारीको पुनरागमन महिलाहरूका लागि उत्साह भएको टिप्पणी गरेकी छन् ।“पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारीजीको ‘सक्रिय राजनीति’मा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ,” समाजिक सञ्जालमा कोइरालाले भनेकी छन् ।

उनले भण्डारीलाई ‘सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्ति’का रूपमा व्याख्या गरेकी छन् । “उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ,” कोइरालाले भनेकी छन्, “उहाँलाई आगामी राजनीतिक यात्राका लागि हार्दिक शुभकामना ।” उनले भण्डारीसँग खिचिएको पुरानो फोटोसहित फेसबुकमा पोस्छ गरेकी छन् ।