तपाईंको साथको अपेक्षा छ – पूर्वराष्ट्रपति भण्डारी
२ साउन काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो । नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरु निकट स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो । उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ ।’ कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए । बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाले उनीसँग विचार थिए ।