आज एमाले पार्टी कार्यालयमा ओली र भण्डारीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ४ २०८२
1.2K
SHARES

४ साउन काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी र्शमा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेट हुने भएको छ। उनीहरुबीच आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट हुने भएको हो।दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।

बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए।  ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने ‘म्यान्डेट’ अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन्। यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ।