प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तय


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ४ २०८२
1.1K
SHARES

४ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । ओली प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले औपचारिकरूपमा रातो कार्पेट बिछ्याउन लागेको हो ।

ओली आगामी सेप्टेम्बर १६ मा दिल्ली जाने तय भएको छ । ओली प्रधानमन्त्री भएयता दुई देशका प्रधानमन्त्रीबीच न्यूयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भए पनि दुवै प्रधानमन्त्रीले एक अर्का देशको भ्रमण गरेका छैनन् ।ओलीको निमन्त्रणमा मोदीले पनि आगामी अक्टोबर वा नोभेम्बर पहिलो साता नेपाल भ्रमण गर्ने भारतीय मिडिया रिपोर्टमा उल्लेख छ ।