अहिले नबोल्दिनुस् – सभापति देउवा
६ साउन काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि प्रश्न उठ्ने गरी नबोल्न आग्रह गरेका छन् । देउवालाई १४औं महाधिवेशनमा सघाएका सात भाइ नेताको तर्फबाट भेट्न पुगेका पाँच नेतालाई सम्बोधन गर्दै देउवाले सरकारका विषयमा प्रश्न उठ्ने गरी कुनै कदम नचाल्न आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार सरकारले नागरिक आकांक्षा पूरा गर्न नसकेको सातबुँदे सहमति अनुरूप उपलब्धि देखाउन नसकेको सहितका प्रश्न नेताहरूले उठाएका थिए । ती प्रश्नमा सभापति देउवाले सरकारले विस्तारै सुधार गर्दै जाने भन्दै अहिले नै प्रश्न उठ्ने गरी काम नगर्न आग्रह गरेका छन् ।