कांग्रेसका मन्त्रीले आफ्नै मुख्यमन्त्री फेर्न दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०८२
1.3K
SHARES

९ साउन काठमाडौं । वाग्मती प्रदेशमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएर संसदीय दलको नेता हटाउने खेल सुरु गरेका छन् । जसमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले काठमाडौंमा रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई ह्वाट्सएपमा राजीनामा पठाएर संसदीय दलको बैठकमा सहभागी छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयले तीन मन्त्रीको राजीनामा ह्वाट्सएपमा आएको बताएको छ । मुख्यमन्त्रीका स्वकीय सचिव छत्र लामाले संसदीय दलको नेताबाटै हटाएर मुख्यमन्त्रीबाट पनि हटाउने खेल सुरु भएको भन्दै त्यसलाई फेस गर्ने बताए ।