प्रचण्डकाे राजनीतिको ब्राण्ड भ्यालु राम्रो छ – नेता पुन


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन १० २०८२
1.3K
SHARES

१० साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ब्राण्ड भएको बताएका छन् ।

पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रुपान्तरण गर्न भने जरुरी रहेको बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।

‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रुपमा स्थापित गरेका छौं । उहाँको ब्राण्ड भ्यालु राम्रो छ’ उनले भने।