नेप्से २,९७६ को विन्दुमा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १२ २०८२
1.1K
SHARES

१२ साउन काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेर बन्द भएको छ । बजार इन्ट्राडे करेक्सन हुँदै अन्तिममा बढेर बन्द भएको हो । आज नेप्से परिसूचक १२ दशलमव १३ अंकले बढेर २,९७६ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ९२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७६ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५७ करोड ९७लाख रुपैयाँको शेयर कारोबार भएको छ

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावरका लगानीकर्ताले ९ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४९ प्रतिशतका दरले गुमाएका हुन् ।