भेट्दै ओली र देउवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १५ २०८२
2.2K
SHARES

१५ साउन काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदै छ । बिहीबार (साउन १५) बिहान ११ः३० बजे बालुवाटारमा नेताद्वयबीच भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा देउवासँग छलफल हुने सचिवालयले जनाएको छ । एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।